निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, सेयर बजारमा २ अर्ब बढीको कारोबार « Eglish Khabarhub

निर्जीबन बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, सेयर बजारमा २ अर्ब बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको उछाल देखिएको छ ।

बजारमा मात्रै होइन कारोबार रकममा पनि उछाल देखिएको छ । सेयर बजार मापन गर्ने सूचक २१.२६ अंकले बढेर १३४६.६४ बिन्दुमा रोकिएको छ । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९९ अंकले बढेर २८६.७५ बिन्दुमा रोकिएको छ ।

१७५ कम्पनीको ५३ लाख ४६ हजार ५०८ कित्ता सेयर २ अर्ब ७ करोड ७९ लाख ८७ हजार ७९९ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको उपसूचक २७.०४, डेभलपमेन्ट बैंक २८.३२, निर्जीबन बीमा कम्पनी १०१.५२, उत्पादन तथा प्रशोधन ४७.७८, माइक्रोफाइनान्स २२.१३ अंकले बढ्दा जीवन बीमा समूहको उपसूचक १.०९ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा सूर्य लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । सूर्यको १० करोड ११ लाख ४ हजार ९६७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एसिया बैंक रहेका छन् ।

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा गुहेश्वरी मर्चेन्ट बैंक सनिर्जी पावर डेभलपमेन्ट, अरुण काबेली पावर, मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: