काठमाडौं । माछापुच्छ्रे बैंकले पुस मसान्तसम्ममा ८२ करोड रुपैयाँ नाफा गरेको छ ।
बैंकको अघिल्लो वर्ष पुस मसान्तमा नाफा ७८ करोड रुपैयाँ थियो ।
बैंकले पुस मसान्तसम्ममा आफ्नो निक्षेपको आकार ९७ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको पुस मसान्तमा निक्षेप ८५ अर्ब १९ करोड रहेको थियो । यस्तै बैंकले ८७ अर्ब ५४ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष कर्जा ७५ अर्ब ९ करोड रहेको थियो । बैंकले पुस मसान्तसम्ममा संचालन नाफा २ अर्ब ५३ करोड रुपैयाँ गरेको छ ।
०.४५ प्रतिशत एनपीएल रहेको बैंकको कर्जा निक्षेप अनुपात ७८.७२ प्रतिशत रहेको छ । बेसरेट १०.२६ प्रतिशत रहेको छ । बैंकले ५.२४ प्रतिशत स्प्रेडदर रहेको छ ।
बैंकले पुससम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ६० करोड रुपैयाँ गरेको छ ।
८ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकको रिजर्बमा २ अर्ब रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी १९.३७ रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS