काठमाडौं । ब्याज आम्दानी बढ्दा कुमारी बैंकले पुस मसान्तसम्ममा साढे १९ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।
कुमारी बैंकले पुस मसान्तसम्मा ८० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्ममा कुमारी बैंकको नाफा ६७ करोड रुपैयाँ थियो ।
बैंकले पुस मसान्तसम्ममा ब्याज आम्दानीबाट १ अर्ब ८२ करोड कमाएको छ । अघिल्लो वर्ष १ अर्ब ५१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो । बैंकको नन फन्डेड बिजनेशबाट समेत राम्रो आम्दानी गरेको छ ।
कुमारी बैंकले पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड निक्षेप संकलन गरेर ८० अर्ब ९२ करोड रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्ष पुस मसान्तसम्ममा ७३ अर्ब २० करोड निक्षेप थियो भने ७३ अर्ब कर्जा थियो ।
९ अर्ब ५५ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकमा रिजर्बमा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
११.५२ प्रतिशत पूँजीकोष अनुपात रहेको कुमारी बैंकले खराब कर्जामा सुधार गरेको छ । अघिल्लो वर्ष १.२२ प्रतिशत रहेको एनपीएल यो वर्ष १.०४ प्रतिशत रहेको छ ।
बैंकको अघिल्लो वर्षभन्दा स्प्रेडदर भने बढेको छ । अघिल्लो वर्ष ३.३८ प्रतिशत रहेको स्प्रेडदर यो वर्ष बढेर ४.३७ प्रतिशत पुगेको छ ।
बैंकले पुससम्मको नाफाबाट ६५ करोड ८५ लाख रुपैयाँ बाड्न मिल्ने नाफा आर्जन गरेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS