काठमाडौं । रोल्पामा २० करोड रुपैयाँको विदेशी लगानीमा तामा खानीको सम्भाव्यता अध्ययन हुने भएको छ ।
यसका लागि चीन सरकारले २० करोड रुपैयाँ लगानीको प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता गरेको छ । उद्योग विभागका अनुसार चीन सरकारले रोल्पामा कपर मिनरल्सको फिजिविलिटी अध्ययनका लागि दर्ता गरेको हो ।
२७ जनाले रोजगारी पाउने भनिएको उक्त कम्पनीमा १८ करोड फिक्स्ड क्यापिटर १८ करोड र चालु खर्च २ करोड हुने उल्लेख गरिएको छ । शतप्रतिशत चिनियाँ लगानीमा हुन लागेको सम्भाव्यता अध्ययनले रोल्पाबाट कपर उत्पादन गर्न सकिन्छ वा सकिन्न पत्ता लगाउनेछ ।
पछिल्लो समय चीनबाट विदेशी लगानी आउने क्रम निकै बढेको छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक हेर्दा ८० प्रतिशतभन्दा बढी लगानीको प्रतिवद्धता चीनमाबाटै मात्रै आएको उद्योग विभागको तथ्यांक छ ।
चीनले सबैभन्दा धेरै पर्यटन क्षेत्र अन्तर्गत होटल तथा रेष्टुराँमा अत्यधिक लगानी ल्याउने प्रतिवद्धता जनाएको छ ।
SHARE YOUR THOUGHTS