काठमाडौं । बाँसबारीस्थित शहिद गंगालाल हृदय केन्द्रका मुटु रोग डा. रामेश कोइरालाले सोमबार सामाजिक सञ्जाल ट्वीटरमा लेखे
‘चीनबाट अझ केही महिना नयाँ मास्क आयात गर्न सकिने अवस्था नभएकाले सरकारले पहिल्यै आयात गरिएका मास्क पुःन चीनतिर पठाउन दिइरहे नेपालका अस्पतालमा (त्यसमा पनि सरकारी) केही दिनपछि मास्कै अभावका अपरेसन रोकिनेछ । सरकारले विकल्प सोचे जस्तो लागेन । बेलैमा सोचे बेस् ।’
कोइरालाले लेखेको ट्विटमा कमेन्ट गर्दैै एक प्रयोगकर्ताले भाटभटेनीमा चिनियाँ नागरिकले ३ दर्जन जति मास्क खरिद गरेको तस्बिर पोस्ट गरेका छन् ।
डाक्टर कोइरालाले भनेजस्तै अहिले बजारमा मास्कको अभाव देखिएको छ ।
चीनमा फैलिएको ‘कोरोना भाइरस’को कारण चीनसँगको नेपालको व्यापार ठप्प भएको छ । जसको कारण व्यापारीहरुले बजाररमा मास्कको मूल्य बढाएका छन् ।
चीनबाट अझ केही महिना नयाँ मास्क आयात गर्न सकिने अवस्था नभएकाबेला सरकारले पहिल्यै आयात गरिएका मास्क पुःन चीनतिर पठाउन दिइरहे नेपालका अस्पतालमा (त्यसमा पनि सरकारी) केही दिनपछि मास्ककै अभावका कारण अपरेसन रोकिनेछ। सरकारले विकल्प सोचेजस्तो लागेन। बेलैमा सोचे बेस्!
— रामेश (@RaameshKoirala) February 3, 2020
अझ नेपाल आयात भएको १२ हजार थान माक्स नेपाल चीन व्यापार संघले चीनमा पठाउने निर्णय गरेको छ । नेपाली बजारमा सामान्य १० रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म पर्ने मास्क पाइन्छ ।
होलसेल व्यापारीले सामान्य खाले ५ रुपैयाँमा पाइने मास्कको मूल्य बढाएर १५ रुपैयाँसम्म पुर्याएको माक्सको व्यापार गर्ने श्याम मगर बताउँछन् ।
‘चीनमा कोरोना भाइरस फैलिएपछि काठमाडौंमा मास्कको व्यापार बढेपनि अहिले पाउनै नसक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने ।
क्लिकमाण्डूले बजार अवलोकनको क्रममा मास्कको मूल्य व्यापारीले बढाएको देखिएको थियो । खास गरेर पर्यटकको बढी आवतजावत हुने ठमेललगायतको क्षेत्रमा मास्कको मूल्य व्यापारीले बढाएका छन् ।
‘होलसेलबाट मास्क नै अहिले नपाउने अवस्था देखिएको छ, हामीसँग भएको स्टक सकिन थालेको छ, होलसेलले नयाँ दिन नसक्ने जनाएका छन्,’ मास्कको व्यापारमा संलग्न अर्का व्यापारी नारायण दासले बताए ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सबै क्याटोगोरीको गरेर १ करोड ६९ लाख ९९ हजार २७८ थान बराबरको मास्क नेपाल भित्रिएको छ । जसको लागि १ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । नेपालमा चीन, भारत, बंगलादेश तथा अमेरिकामा उत्पादन भएको मास्क आउने गरेको छ ।
सरकारले माक्स निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपालमा पनि मास्कको भने उत्पादन भने हुने गरेको छ । यद्यपि सहयोग स्वरुप नेपाल–चीन व्यापार संघले चीनमा मास्क वितरण गर्ने निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS