काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई ट्राभल्सले आफ्नो आफ्नो २४औँ वार्षिकोत्सव लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा ग्रुपले बिभिन्न सेवाग्राहीमुखी योजनाको घोषणा गरेको छ । यो योजना अन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्नेमध्ये गोलाप्रथाबाट छनोट गरी एक जनाले चन्द्रागिरी रिसोर्टमा एक रात खान–बस्नसहितको सुविधा उपलब्ध गराउनेछ ।
त्यस्तै हवाइ टिकट खरिद गर्ने मध्ये १ जनालाई माउन्टेन फ्लाइटको टिकट निशूल्क उपल्ब्ध गराइने ट्राभल्सले बताएको छ । योजना फेब्रुअरी, मार्च र अप्रिलमहिनाभर लागू हुने ट्राभल्सले जानकारी दिएको छ ।
आइएमई ट्राभलले पर्यटनक्षेत्रको समग्र बिकासका लागि सेवाग्राहीमूखी योजना सार्वजनिक गर्दै आफ्नो २४औं वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित व्यबसायीलाई पर्यटन बिकासका लाग्न आग्रह गरे ।
उनले नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा आफूलाई स्थापित गर्न व्यवसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्तरुपमा सेवाग्राहीमूखी योजना ल्याउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले आन्तरिक पर्यटनका प्रवद्र्घन र बिकासका लागि बिभिन्न खालका कार्यक्रमहरू सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वको भावनाका साथ आगामी बढ्ने बताए ।
SHARE YOUR THOUGHTS