एयर एसियाका सीइओ टोनी फर्नान्डिस र अध्यक्ष कमरुद्दिन मरानुनलाई २ महिनाका लागि पदबाट हटाइएको छ । यो समय थप समेत हुन सक्नेछ ।
एयरलाइन्सले सोमबार मलेसियाको सेयर बजारलाई यो जानकारी दिएको छ । घुस लिएको एक मुद्दामा ब्रिटेनको सिरियस फ्रड अफिस (एसएसओ)ले एयर एसियाका विरुद्ध जाँच गरिरहेको छ ।
यस मुद्दामा फर्नान्डिस र मरानुन पनि सामिल हुन सक्ने आशंका गरिएको छ ।
युरोपको एयरोस्पेस कम्पनी एयरबसले पछिल्लो साता फ्रान्स, ब्रिटेन तथा अमेरिकामा भ्रष्टाचारको जाँचलाई सेटल गर्नका लागि ३.६ अर्ब यूरो चुकाउन तयार भएको जनाएको थियो ।
एयरएसियाले प्लेन अर्डर पाउनका लागि ५ करोड डलरको घुस दिएको आरोप छ । एयर एसियाको बोर्डले आरोपीको जाँचका लागि कमिटी समेत बनाएको छ ।
त्यसैले सीइओ तथा अध्यक्षको कार्यकारी भूमिकाबाट हटाएइर सल्लाहकारको भूमिकामा राखेको हो ।
सीइओ फर्नान्डिस र अध्यक्ष कमरुद्दिनले आरोपलाई गलत बताएका छन् । यसअघि एयर एसियाले एयरबसका विरुद्ध एसएफओको जाँचमा आफ्नो नाम भएकोमा अस्वीकार गरेको थियो ।
उसले एसएफओले कुनै पनि जानकारी नमागेको बताउँदै आएका थिए । – एजेन्सी
SHARE YOUR THOUGHTS