काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । केही साता यता बजारमा सामान्य उतार चढाव जारी रहेको छ ।
बुधबार सेयर बजार मापन गर्ने सूचक ५.३१ अंकले बढेर सेयर बजार
१३४२.३६ बिन्दुमा रोकिएको छ । १७७ कम्पनको ३२ लाख ६० हजार १९८ कित्ता सेयर १ अर्ब ८ करोड २४ लाख ८३ हजार ९०९ रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकमको आधारमा सिभिल बैंक अग्रस्थानमा देखिएको छ । बैंकको १३ करोड २ लाख २६ हजार ४३९ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नागरिक लगानी कोष, गुँरास लाइफ इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ ।
कारोबारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सिभिल बैंक, नागरिक लगानी कोष, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा नेशनल हाईड्रोपावर, नेपाल हाईड्रो डेभलपर्स, सानिमा माइ हाईड्रो पावर, दिब्यश्वरी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS