सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने सेञ्चुरी बैंकको घोषणा « Eglish Khabarhub

सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने सेञ्चुरी बैंकको घोषणा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको ३०३ औं बैठकले उक्त प्रस्ताव गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंक र सेञ्चुरीको साधारणसभाले अनुमोदन गरेपछि मात्रै उक्त लाभांश वितरण गरिने छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २ प्रतिशत अर्थात् १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस सेयर र चुक्ता पुँजीको ४.७५ प्रतिशत अर्थात् ३९ करोड ९७ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ छ ।

Publish on: