प्रभु इन्स्योरेन्सको साधारणसभाद्वारा १६.३२ प्रतिशत लाभांश पारित « Eglish Khabarhub

प्रभु इन्स्योरेन्सको साधारणसभाद्वारा १६.३२ प्रतिशत लाभांश पारित



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश सेयर तथा करसहित ११.३२ प्रतिशत नगद लाभांश गरी कुल १६.३२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारणसभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पूँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरेको बताइन ।

उनले दिगो, सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि कम्पनी अघि बढेको बताउँदै ग्राहकलाई आवश्यक सेवा छिटो छरितो ढंंगले प्रदान बताइन ।

उनले कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधाहरु दिने तर्फ कम्पनी अग्रसर रहेको जानकारी दिइन ।

बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी . १ अर्व ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । साथै कम्पनीले केन्द्रीय कार्यालयसहित ५६ भन्दाबढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।

Publish on: