जापान पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङलाई प्रहरीले पक्रियो « Eglish Khabarhub

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङलाई प्रहरीले पक्रियो



काठमाडौं । आकर्षक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै साढे ४ लाख रुपैयाँ ठगी गर्ने ३७ वर्षिय अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं। ७ घर भई हाल जिल्ला काठमाडौं महानगरपालिका २६ रानीवारी बस्ने तामाङलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।

सुमन ऐरी समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तामाङ् भएको वैदेशिक रोजगार कसूरको तीन थान मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणले मिति २०७५/०८/२४ मा निजलाई साढे ४ वर्ष जेल र साढे ४ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीले सोही दिन काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको छ ।

निज प्रतिवादी अजय तामाङ्लले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै जाहेरवालाहरुबाट रकम प्राप्त गरी भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए।

Publish on: