काठमाडौं । नेपाल व्यवस्थापन संघको अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चुनिएका छन् । म्यानको निर्वाचित कार्यसमितिले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।
यस्तै म्यानको प्रथम उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र चुनिएका छन् । द्धितिय उपाध्यक्षमा आइएमई मनी ट्रान्सफरका सुमन पोखरेल ,महासचिवमा कृषि विकास बैंकका अधिकृत धर्मान्द अवस्थी र कोषाध्यक्षमा ईसिमोडकी अनु जोशी निर्वाचित भएका छन्।
कार्यसमितिका अन्य सदस्यहरुमा फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी मनिष झा, सिए सुजन आचार्य, बैंकर हिमा अधिकारी, सनराईज बैंकका उप प्रमुख कार्यकारी अधिकृत आशा राणा, प्राध्यापक ईन्द्र श्रेष्ठ, ग्रोथ सेलरका प्रमुख मोहन ओझा, गणेशमान सिंह अस्पतालका प्रमुख मिलन गुरुङका साथमा राष्ट्रिय बाणिज्य बैक, नागरिक लगानी कोष, संचय कोष, सिभम सिमेन्ट, राष्ट्रिय बिमा संस्थानका प्रतिनिधित्वहरू निर्वाचित भएका छन।
SHARE YOUR THOUGHTS