डिशहोमले अब इन्टरनेट सेवा पनि दिने « Eglish Khabarhub

डिशहोमले अब इन्टरनेट सेवा पनि दिने



काठमाडौं । टेलिभिजन सेवा प्रदायक डिशहोमले अब इन्टरनेट सेवा पनि दिने भएको छ । त्यसका लागि डिशहोमलाई नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिएको छ । शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले स्याटालाइट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सञ्चालन गर्न अनुमति पाएको हो । तत्कालका लागि डिशहोमले इन्टरनेट सेवा प्रदान गर्न ३० करोड रुपैयाँ लगानी गर्ने बताइएको छ ।

‘स्याटालाइट’बाट गाउँगाउँमा इन्टरनेट पुर्याउन डिश होमले थाल्यो यस्तो तयारी, मूल्य कति ?

हाल ललितपुरको भैंसेपाटी क्षेत्रमा इन्टरनेट सेवाको परीक्षण समेत शुरू गरिसकेको छ। कम्पनीले फेसबुक र युट्युबमार्फत इन्टरनेट सेवा दिने नयाँ योजनाको प्रचारप्रसार गर्दै आएको थियो।

डिशहोमले स्याटेलाइट इन्टरनेटका लागि इजरायली स्याटेलाइट कम्पनी स्पेस कम्युनिकेशनसँग सम्झौता समेत गरिसकेको छ ।

आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै

‘डिश होम सञ्चालन गरेको ९ वर्ष भयो, अहिलेसम्म हामी लगानीकर्ताले एक रुपैयाँ पनि लाभांस लिएका छैनौं, तर, गाउँगाउँमा डिश होमको छाता देख्दा त्यही नै डेभिडेन्ड हो जस्तो लाग्छ,’ डिश होमका अध्यक्ष हेमराज ढकालले क्लिकमाण्डूसँग भनेका थिए, ‘व्यवसायलाई विस्तार गर्ने क्रममा अब हामी स्याटालाइटमार्फत् गाउँगाउँमा इन्टरनेट सेवा पुर्याउँछौं ।’

डिशहोमः इज्जत जोगाउन संघर्ष गर्दागर्दै ‘लिडर’ भएको कम्पनी

गाउँगाउँका जनतालाई इन्टरनेटको पहुँचभित्र ल्याउनका लागि डिश होमले स्याटालाइटमार्फत् इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

इन्टरनेट लगायतका सेवा विस्तार गर्न कम्पनीले केयर नेपालबाट २ अर्ब २२ करोड रुपैयाँ बराबरको ऋणको रेटिङसमेत गराएको छ ।

डिश मिडियाले ४४ करोड ८४ लाख रुपैयाँ दीर्घकालिन रुपमा ऋण लिन खोजेको छ भने १ अर्ब ७८ करोड रुपैयाँ अल्पकालिन अवधीको लागि ऋण लिन खोजेको छ ।

‘खासगरी हामी इन्टरनेट सेवा विस्तार गर्ने सोचमा छौं, त्यसका ठूलो लगानी चाहिने भएकाले ऋणको रेटिङ गराएका हौं,’ डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले भने ।

Publish on: