बिराटनगर । आगामी चैतमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी दिन लागेका किशोर प्रधानको उम्मेद्वारीसभामा शेखर गोल्छा पुगेका छन् । प्रधानको समर्थनमा खुलेर लाग्ने दृष्य बिराटनगरमा देखिएको छ । अघिल्लो पटक प्रधानलाई बरिष्ठ उपाध्यक्षमा गोल्छाले हराएका थिए ।
विधान अनुसार आगामी चैतमा हुने साधारणसभापछि गोल्छा महासंघको अध्यक्ष बन्ने छन् ।
किशोर प्रधानको बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा कार्यक्रममा प्रधानसँगै गोल्छाको समेत तस्बिर भएको पोस्टर राखिएको छ ।
‘हाम्रो अभियान सक्षम नेतृत्व,सशक्त महासंघ’ भन्ने नाराका साथ राखिएको मन्चमा राखिएको पोस्टरमा प्रधान गोल्छाको तस्बिर छ । प्रधानको उम्मेद्वारीसभालाई समर्थन जनाउनको लागि महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका,पूर्व अध्यक्षद्वय कुशकुमार जोशी र बिनोदबहादुर श्रेष्ठ बिराटनगर पुगेका छन् ।
यसअघि गृहजिल्ला बागलुङ पुगेर एशोसियट उपाध्यक्ष चन्द्र ढकालले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका थिए ।
SHARE YOUR THOUGHTS