२८ मंसिर २०८२, शनिबार

नेपालमा लाइसेन्स नपाउने भएपछि विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ किन्ने सम्झौता गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्बपति विनोद चौधरीको शतप्रतिशत स्वामित्व रहेको सिजी सेल टेक्नोलोजीले यूरोपको ‘मोल्डसेल’ टेलिकम किन्ने सम्झौता गरेको छ ।

निःशुल्क सेवा दिन्छु भनेकै अघिल्लो दिननै अर्बपति बिनोद चौधरीको टेलिकम लाइसेन्स खारेज

नेपालमा पनि टेलिकम बिजनेश गर्नका लागि मन्त्रिपरिषदबाट निर्णय गराएर लाइसेन्स लिने प्रक्रियामा रहेको सिजी टेलिकमलाई सरकारले २० अर्ब रुपैयाँ बुझाएमात्रै लाइसेन्स दिने बताएको थियो ।

सिजी टेलिकमको लाइसेन्स लिन बिनोद चौधरीले सरकारविरुद्ध खोलेको यो ‘फायर’

दुरसञ्चार प्राधिकरणले यसअघि सिजी टेलिकमले पाएको अनुमतिपत्र समेत खारेज गरिदिएको छ ।

सिजी टेलिकमको विषयलाई लिएर सरकार र चौधरी ग्रुपबीच विवाद चुलिएपछि अर्बपति चौधरीले टेलिकम बिजनेशका लागि यूरोप रोजेका हुन् ।

संचारमन्त्री बास्कोटाले बिनोद चौधरी विरुद्ध गरेको २० अर्बको ‘फायर’, जब आफैंतिर फर्कियो

अन्तराट्रिय सञ्चारमाध्यम टेलिकम लिडका अनुसार सिजी क्रोप ग्लोबल अन्तगर्तको सिजी सेल टेक्नोलोजीले स्वीडेनको टेलियाको स्वामित्वमा रहेको वायरलेस अपरेटर मोल्डसेलको शतप्रतिशत सेयर स्वामित्व ३ करोड १५ लाख डलर अर्थात् साढे ३ अर्ब नेपाली रुपैयाँमा किन्ने सम्झौता गरेको हो ।

फेब्रुअरी १४ अर्थात गत शुक्रबार किनबेच सम्झौता भएको हो । आगामी २ महिनाभित्र किनबेच सम्पन्न हुने बताइएको छ । यो युरेसियाको कम्पनी हो । कम्पनीका करिब ९ लाख उपभोक्ता रहेको बताइन्छ।

सञ्चारमन्त्री गोकुल बास्कोटाको अर्बपति बिनोद चौधरीलाई चेतावनी- सम्पत्ति छानबिन हुन्छ

टेलिया स्वीडेनका निमित्त अध्यक्ष तथा सीइओ क्रिस्टियन लुइगाले विज्ञप्ती जारी गर्दै सिजी टेलिकमलाई सेयर बिक्री गरेर युरेसियाबाट बाहिरिने आफूहरुको यात्रा सहज भएको भन्दै खुसी व्यक्त गरेका छन् । ३ वर्षअघिदेखि टेलिया युरेसियाबाट बाहिरिँदै गएको छ ।