२८ मंसिर २०८२, शनिबार

आक्रमक बन्दै मेगा बैंक, कतारको दोहा बैंकबाट २ अर्ब ऋण लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेगा बैंकले कतारको दोहा बैंकबाट २ अर्ब रुपैयाँभन्दा बढी व्यवसायिक ऋण नेपाल भित्र्याउने भएको छ । लगानी योग्य पुँजी (तरलता) अभावको कारण देखाउँदै कर्जा विस्तारमा बैंकिङ क्षेत्र सुस्त भइरहेका बेला मेगा बैंकले भने ऋण ल्याउने भएको हो ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजबिक्रम शाहीबीच सो सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको छ ।

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो । नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्र्याउनेछ ।

गुरुले छाडेपछि मेगा बैंकको ‘स्टेयरिङ’ पाएकी अनुपमाले गति बढाइन्, रोलमोडल नै बनिन्

कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने राष्ट्र बैंकको व्यवस्था मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो ।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले जनाएको छ ।

योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।