३० मंसिर २०८२, सोमबार

सबै गरेर मलाई १० अर्ब रुपैयाँ जति कमिशनको प्रस्ताव आएको थियो: सञ्चारमन्त्री बाँस्कोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाको ७० करोड रुपैयाँ बराबरको कमिशनमा डिल गरेको अडियो सार्वजनिक भएको छ । मन्त्री बास्कोटाले उक्त अडियोमा बोल्ने एकजना व्यक्ति आफू भएको स्वीकार गरेका छन् ।

एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ बराबरको कमिशनको बार्गेनिङ गरेको र त्यसको ७० प्रतिशत बास्कोटाले लिने उक्र कम्पनीका नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग भएको बार्गेनिङको अडियो हाम्राकुराडटकमका सम्पादक अजयबाबु शिवाकोटीले सार्वजनिक गरेका थिए ।

अडियो सार्वजनिक भएपछि पनि मन्त्री बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्। सेतोपाटी अनलाइनसँग कुरा गर्दै मन्त्री बास्कोटाले भनेका छन्– ‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयोु उनले भने, त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’

विभिन्न प्रस्तावहरुमाथि डिल हुने गरेको भने उनले स्वीकार गरेका छन् ।

‘धेरै प्रस्ताव आए, आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला,’ उनले भने, ‘तर, मैले लिएँ कि लिइँन भन्ने कुरा मूख्य हो ।’

प्रिन्टिङ प्रेस खरिदमा मन्त्री बाँस्कोटा र एजेन्ट मिश्रबीच कमिशनको मोलमोलाइ भएको हो । मन्त्री बास्कोटाले एजेन्ट मिश्रलाई २५ अर्बमा सक्ने कामलाई २७ अर्ब बनाउन सुझाब दिएका छन । त्यसो गरेको खण्डमा कमिशन रकम बढ्ने मन्त्रीको सोच रहेको बुझ्न सकिन्छ ।

तर, उता एजेन्टले भने मन्त्रीलाई ७० करोड रुपैयाँले नपुगेर करीब ५ अर्ब रुपैयाँ मागेपछि आफूले अडियो सार्वजनिक गर्न बाध्य भएको बताएका छन् ।

कमिशन नमिलेपछि स्वीस कम्पनीलाई प्रिन्टिङ प्रेस खरिद तथा स्थापनाको जिम्मा अर्को कम्पनीलाई दिने तयारी भएपछि मोवाइल रेकर्ड सार्वजनिक भएको हो ।