३० मंसिर २०८२, सोमबार

साझा पार्टीले भन्यो- सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरियोस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग कमिशनका लागि मोलतोल गरेको अडियो सार्वजनिक भएको भन्दै साझा पार्टीले उनलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग गरेको छ ।

‘आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित निजी निवासमा बस्दै आएक मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ,’ साझा पार्टीकाा प्रवक्ता सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

साझा पार्टी आम जनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरि अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्न पनि जोडदार माग गर्दछ।

‘भ्रष्टाचारीहरू समाजका धमिरा हुन, तिनीहरूको हालिमुहाली रहने वातावरण कायम भएसम्म जस्तोसुकै व्यवस्था भएपनि देशले प्रगति गर्न सक्दैन,’ विज्ञप्तीमा भनिएको छ ।