काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक २ वर्ष यता कै उच्च बिन्दुमा पुगेको छ ।
केपी शर्मा ओली प्रधानमन्त्री भएको दिन सेयर बजार १४२४.९५ बिन्दुमा पुगेको थियो , त्यसपछि क्रमैसँग घटन थालेको बजार बिहीबार २९.३२ अंकले बढेर २ वर्ष यता कै उच्च १४३४.५७ बिन्दुमा रोकिएको छ ।
१८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता सेयर २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ रुपैयाँका सेयर किनबेच भएको छ ।
कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ । सिमेन्टको १७ करोड २ लाख १३ हजार ९५ रुपैयाँ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमालयन डिस्ट्रिलरी र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
बोटलर्स नेपाल (तराई), फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, कालिका माइक्रोडेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाउँदा राधी विद्युत कम्पनी, सम्बृद्धि फाइनान्स, नबिल इक्विटी फण्ड, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS