काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले अब छिट्टै सर्वसाधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । यसै आर्थिक वर्षभित्र आइपिओ जारी गर्ने गरी काम गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुदिप आचार्यले जानकारी दिए ।
डिस मिडिया प्राइभेट लिमिटेडले ०७४ साल असार १८ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयमा लिमिटेडमा परिणत गरेको प्रमाणपत्र लिइसकेको छ । र, २०७५ पुस २७ गते सम्पन्न डिश मिडिया नेटवर्कको साधारणसभाले आइपिओ निष्काशन गर्ने सञ्चालक समितिको प्रस्ताब पारित गरिसकेको छ ।
‘हामीले केही वर्षअघि नै डिशहोमको आइपिओ जारी गर्ने निर्णय गरेका थियौं, त्यसको तयारी गर्न अहिलेसम्म लाग्यो, अब छिट्टै जारी गर्छौं,’ प्रबन्ध निर्देशक आचार्यले क्लिकमाण्डूसँग भने, ‘हामीले हाम्रो तर्फबाट गर्नुपर्ने समपूर्ण तयारी पूरा गरिसकेका छौं । सरकारी निकायबाट फटाफट काम भए यसै आर्थिक वर्ष पनि आर्थिक वर्ष नै आइपिओ जारी गर्छौं ।’
तत्कालका कालागि कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत मात्रै आइपिओ जारी गर्नेछ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । जसकारण कम्पनीले २२ लाख कित्ता सेयर जारी गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँमा जारी गर्दा २२ करोड रुपैयाँ बराबरको हो भने प्रिमिय थपेर र बुक बिडिङमार्फत् गर्दा यो रकम अर्बसम्म पुग्न सक्छ ।
‘यसअघि सञ्चालन नाफामा भएपनि कम्पनी ऋणमा थियो, त्यसैले पनि हामीले आइपिओ जारी गर्न हतार नगरेका हौं, गत आर्थि कवर्षको अडिट रिपोर्ट आइसकेको छ, अब कम्पनी पूर्णरुपमा नाफामा गइसकेको छ,’ आचार्यले भने, ‘अब आइपिओ जारी गर्दा बुक बिडिङमार्फत् जान्छौं, यसो गर्दा कम्पनीको ब्राण्ड भ्यालु अनुसार मूल्य निर्धारण हुने भएकाले अरु धेरै कम्पनीलाई पनि यो नीतिले प्रोत्साहन गर्नसक्छ ।’
‘स्याटालाइट’बाट गाउँगाउँमा इन्टरनेट पुर्याउन डिश होमले थाल्यो यस्तो तयारी, मूल्य कति ?
नेपाल धितोपत्र बोर्डले यही फागून १ गतेदेखि बुक बिडिङमार्फत् पनि आइपिओ निष्काशन गर्न पाउने व्यवस्था गरेको छ । बुक बिडिङ भनेको क्रेताहरुले बोलकबोलमार्फत् कम्पनीको सेयर किन्छन् । जसले बढी मूल्य बोलकबोल गर्छ उसले सेयर किन्न पाउँछ । त्यसपत्रि क्रमशः कम बोलकबोल गर्नेले पाउँछन् । कम कम गर्दै जति मूल्यमा आउँदा कम्पनीले आवेदन मागेको सेयर संख्या सकिन्छ, त्यहाँ कट अफ गरिन्छ । र, बाँकी रहेको सेयर संख्या उक्त मूल्यमा सर्वसाधारणलाई बक्रिी गरिन्छ ।
उदाहारणका लागि कुनै कम्पनीले १ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भयो र त्यसमधये ४० प्रतिशत बुक बिडिङमार्फत् गर्ने भयो । उक्त ४० प्रतिशत सेयरका लागि बोलकबोल गरिन्छ । कसैले प्रतिकित्ता १००० मा, कसैले ७०० मा, कसैले ५०० मा त कसैले ३०० रुपैयाँमा बिडिङ गर्नसक्छन् ।
आक्रमक बजार विस्तारमा डिसहोम, इन्टरनेट सेवा दिन २ अर्ब लगानी थप्दै
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार यदि बढी बोलकबोल गर्नेबाट सेयर बाँडफाँड गर्दै आउँदा ५०० रुपैयाँ बिडिङ गर्नेसम्म आइपुग्दा आवेदनमा मागेको सेयर संख्या सकियो भने ५०० रुपैयाँलाई नै कट अफ प्राइस मानिन्छ । र, बाँकी रहेको ६० प्रतिशत सेयर प्रतिकित्ता ५०० रुपैयाँ मूल्यमा आइपिओ निष्काशनन गरिनन्छ ।
डिशहोममा कम्पनीमा हाल ५३ प्रतिशत स्वदेशी र ४७ प्रतिशत विदेशी लगानी रहेको छ । डिसहोम सूचना प्रविधि क्षेत्रको पहिलो पब्लिक कम्पनी भएको हो । टेलिभिजन सेवा प्रदायकको बजारमा डिसहोमको बजार हिस्सा करिब ३५ प्रतिशत छ ।
डिशहोममा आइएमइ समूहको पनि ठूलो लगानी छ । आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालका भाई हेमराज ढकाल डिशहोमको अध्यक्ष छन् ।
चन्द्र ढकालको रणनीतिः निजी लगानीका सबै कम्पनीमा सर्वसाधारणको पनि सेयर स्वामित्व
‘हाम्रो व्यावसायिक रणनीति नै पब्लिकको स्वामित्व होस् भन्ने हो, त्यसैले अब हामी हाम्रा सबै निजी कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै अघि बढ्छौं,’ अध्यक्ष ढकाल भन्छन् ।
उनका अनुसार सर्वसाधारण सेयर निष्काशन गरेको कम्पनीमा सबैको स्वामित्व हुन्छ, विश्वास हुन्छ र पारदर्शी हुन्छ ।
‘हुन त अहिले धेरै निजी कम्पनीहरु पनि पारदर्शी छन्,’ ढकालले प्रष्ट पारे, ‘निजी कम्पनीमा पारदर्शीताको प्रश्न उठाउन जति सजिलो हुन्छ, पब्लिक कम्पनीमा त्यति सजिलो हुँदैन । किनभने पब्लिक कम्पनीहरु पारदर्शी हुन्छन् ।’
पारदर्शी भएर काम गर्ने आफ्नो इच्छा भएका कारण निजी स्वामित्वका कम्पनीहरुलाई धमाधम पब्लिक कम्पनी बनाइएको उनले जानकारी दिए ।
SHARE YOUR THOUGHTS