एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया किन्दा छुट पाउने « Eglish Khabarhub

एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया किन्दा छुट पाउने



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले अ सोनी ब्राभिया खरिद गर्दा छुट पाउने भएका छन् । सोमबार बैंक र नेपा हिमा ट्रेड लिंकबीच बैंकका ग्राहकले सोनीका आउटलेट तथा आधिकारिक बिक्रेताबाट सोनी ब्राभिया, टेलिभिजन खरिद गर्दा छुट पाउने सम्झौता भएको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजाद रुपैयाँसम्म छुट पाउनेछन् ।योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।

यस बैंकले कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङका माध्यमबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २२ सयभन्दा बढि मर्चेन्टबाट छुट प्राप्त गर्न सक्नुहुनेछ ।

छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान बिक्री गर्ने स्थानबाट ग्राहकले सजिलै प्राप्त गर्न सक्नुहुनेछ ।

विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३७ सयभन्दा बढी स्थानबाट पीओएस तथा १२ हजारभन्दा बढि स्थानहरुबाट क्यूआर कोड सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ३१९ शाखा कार्यालय, ४४६ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् सेवा प्रदान गराउँदै आएको छ । करिब २१ लाख ग्राहक रहेको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व भुक्तानी गरिसकेको छ । भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Publish on: