अनलाइन प्रणालीले सेयर बजार नयाँ उचाइमा पुग्योः नेप्से « Eglish Khabarhub

अनलाइन प्रणालीले सेयर बजार नयाँ उचाइमा पुग्योः नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर बजारले नयाँ उचाइ छोएको छ ।

नेप्सेले बुधबार विज्ञप्ति जारी गर्दै फागुन ११ मा दोस्रो बजार करोबारले नयाँ उचाइ छोएको हो । उक्त दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । बुधबारको कारोबारमा सेयर बजारले आफ्नो त्यो रेकर्डलाई ब्रोक गर्र्दै नयाँ उचाइमा समेत समेत पुगेको छ । बुधबार ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्सेका अनुसार गत वर्ष कात्तिक २० गतेबाट अनलाइन कारोबार प्रणाली (नट्स) औपचारिक रुपमा सञ्चालनमा आएपछि क्रमिक रुपमा कारोबार बढेको नेप्सेको दाबी छ ।

नेप्सेका अनुसार नेपाल क्लियरिङ हाउसको प्रणालीमा आवद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार सम्बन्धी रकम तथा धितोपत्र भुक्तानी तथा राफसाफ गर्न गराउन थालेपछि बजार झनै बढने नेप्सेका तर्क छ ।

Publish on: