२८ मंसिर २०८२, शनिबार

कामना सेवाको रणनीतिः राम्रो मूल्य पाए मर्जरमा जाने, नत्र एक्लै हिँड्ने, अध्यक्ष भन्छन्- बलियो भयौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्र बैंकले नीतिगतरुपमा मर्जर तथा एक्वायरमा जान प्रत्सोहन गरेसँगै दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु उक्त प्रक्रियामा सहभागी भए ।

राष्ट्र बैंकको उक्त नीतिले सबैभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीहरुलाई प्रभावित भए । कुनैबेला ८० भन्दा बढी रहेका विकास बैंकहरु अहिले २०/२२ को संख्यामा छन् । राष्ट्रियस्तरका विकास बैंकको संख्या त १० वटाभन्दा कममा झरिसक्यो ।

प्रतिस्पर्धी बजारमा सानो पुँजी लिएर टिक्न नसक्ने भन्दै विकास बैंकका सेयरधनीहरु बढी अत्तालिए । तर, यही समयमा एउटा सानो विकास बैंक मर्जरमा जान हतार गरेन । आफू बलियो हुनमा केन्द्रित भयो । त्यो हो कामना सेवा विकास बैंक ।

‘सबै व्यक्ति ५ तारे होटलमा खान जाँदैनन् । सामान्य होटलमा गएर पनि खान्छन् । विकास बैंक र फाइनान्स कम्पनीको पनि एउटा स्पेश हुन्छ । मर्जरमा नगए पनि हामी चल्न सक्छौ भन्ने रणनीति अनुसार अघि बढिरहेका छौं ।

‘केही विकास बैंक र केही वाणिज्य बैंकसँग मर्जर तथा एक्वायरको कुरा पनि भयो, तर वाणिज्य बैंकहरुले हामीले सोचेभन्दा धेरै कम मूल्य अफर गरे,’ कामना सेवाका अध्यक्ष सुदीप आचार्यले क्लिकमाण्डूलाई सुनाए, ‘हामी सरह र हामीभन्दा साना बैंकले बढी मूल्य भने त्यसपछि हामीले रणनीति बदल्यौं ।’

कामना सेवा राष्ट्रियस्तरको विकास बैंक भएको बेला जम्मा ४१ वटा शाखा थिए । काठमाडौंमा त १/२ वटा शाखा मात्रै भए । व्यवसाय बढाउनलाई शाखा अनिवार्य बन्यो ।

प्रवीणको इन्ट्रिसँगै कामना सेवाको ‘लिपफ्रग’, भन्छन्- मर्जर भए वाणिज्य बैंकसँग मात्रै

‘मर्जर मर्जर भनेर हामी बसेको भए अहिले बैंकका शाखा ५०/५२ वटा मात्रै हुन्थे होला, तर हामी रणनीति बदलेर शाखा विस्तारमा आक्रमक भयौं,’ आचार्यले सुनाए, ‘अहिलेसम्म १२० वटा शाखा पुगिसकेका छन्, यो आर्थिक वर्षमा १२५ वटा पुर्याउँछौं ।’

आक्रमकरुपमा शाखा खोल्दा ठूलो धनराशी खर्च भएकाले लगानीकर्तालाई सोचेअनुसार प्रतिफल दिन नसकिएको उनको भनाइ छ ।

आचार्य अध्यक्ष भएर आउँदा कामना सेवाले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको थियो । अहिले २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

‘हामीले खोलेका शाखाले अब ब्यवसाय बढाउँछ, आगामी २ वर्षपछि हामी लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छौं,’ आचार्यले भने ।

शाखाका लागि वाणिज्य बैंककै जस्तो पूर्वाधार तयार पारेको छ । र, वाणिज्य बैंककै सिस्टमको प्रयोग गरिरहेको छ ।  यसको अर्थ हो भावी दिनमा शाखा कम भएको वाणिज्य बैंक आफूलाई गाभ्न आकर्षित होस् भन्ने ।

‘भोलिका दिनमा कम शाखा भएको बैंक हामीप्रति आकर्षित हुनसक्छ र त्यो बेला हामीले उचित मूल्य पायौं भने मर्जर तथा एक्वायरमा जान सक्छौं,’ उनले भने, ‘मर्जरमा गएनौं भने पनि अब हामी एक्लै हिँड्न सक्छौं ।’

मर्जर भनेर आफ्नो स्ट्रेन्स बनाउन नलागेको भए बैंक कमजोर हुँदै जाने देखेर नै शाखा विस्तारमा आक्रमक बनेको उनले सुनाए ।

‘अस्तित्व र इगोका कारण हामी मर्जर तथा एक्वायरमा नगएका होइनौं, हामीले हेर्ने भनेको बिजनेश हो, संस्थालाई बलियो बनाउँदै भ्यालु बढाउने हो,’ उनले भने, ‘राम्रो भ्यालु पाए आजको भोलिनै मर्जरमा जान्छौं ।’

विकास बैंकहरु मर्जरमा गएर सकिनै लागेको बेला विकास बैंकको स्पेश खाली छ । र, त्यहाँनेर कामना सेवाले अवसर पनि देखेको छ ।

‘पछिल्लो समय वाणिज्य बैंक ठूला भएका छन्, सबै व्यक्ति ५ तारे होटलमा खान जाँदैनन् । सामान्य होटलमा गएर पनि खान्छन् । विकास बैंक र फाइनान्स कम्पनीको पनि एउटा स्पेश हुन्छ । मर्जरमा नगए पनि हामी चल्न सक्छौ भन्ने रणनीति अनुसार अघि बढिरहेका छौं,’ उनले सुनाए ।

‘भोलिका दिनमा कम शाखा भएको बैंक हामीप्रति आकर्षित हुनसक्छ र त्यो बेला हामीले उचित मूल्य पायौं भने मर्जर तथा एक्वायरमा जान सक्छौं,’ उनले भने, ‘मर्जरमा गएनौं भने पनि अब हामी एक्लै हिँड्न सक्छौं ।’

आफूहरुले मर्जरमा जाउँ कि नजाउँ भनेर राष्ट्र बैंकलाई पनि सोधेको आचार्य बताउँछन् ।

‘राष्ट्र बैंकले चलाउन नसक्ने हो भने बुझाए हुन्छ भनेपछि हामी आफैं चल्नेतर्फ केन्द्रित भयौं,’ उनले भने, ‘हामी सही बाटोमा अघि बढिरहेका छौं ।’

आक्रमक शाखा विस्तार गरेका कामना सेवाको बिजनेश ह्वात्तै बढेको छ । पछिल्लो एक/डेढ वर्षको अवधिमै बैंकले निक्षेप र कर्जाको आकार दोब्बरले बढाउन सफल भएको छ ।

आचार्य अध्यक्ष भएर आउँदा कामना सेवाले १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको थियो । अहिले २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

आचार्य कास्की फाइनान्सबाट कामना सेवा विकास बैंकमा जोडिएका हुन् । कामना विकास बैंक र कास्की फाइनान्स मर्ज भएर कामना विकास बैंक बनेको थियो ।
राष्ट्र बैंकले चुक्ता पूँजी बढाउने नीति ल्यायो । सेवा विकास बैंकसँग मर्ज भयो । जुन बुटवल केन्द्रीत थियो ।

कामना र सेवा विकास बैंक मर्ज भएपछि आचार्य अध्यक्ष बन्ने बन्ने मौका मिल्यो ।

‘मैले पोखरा केन्द्रीत भएर काम गर्न सक्दिन, काठमाडौं आउने भए काम गर्न सकिन्छ भनेँ,’ आचार्यले भने, ‘साथीहरुले काठमाडौं आउँछौं तपाईं अध्यक्ष बन्नुपर्छ भन्नुभयो । र, म तयार भएँ ।’