अर्थमन्त्री डा. खतिवडाको राजीनामा स्विकृत « Eglish Khabarhub

अर्थमन्त्री डा. खतिवडाको राजीनामा स्विकृत



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा स्विकृत भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा. खतिवडाले मंगलबार पदबार राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबार नै स्विकृत भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिसमा निजले सम्हालेको दुवै मन्त्रालयको कार्यभार स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने उल्लेख छ ।

मन्त्री डा. खतिवडाको राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछी मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

Publish on: