आइएमई जनरल इन्स्योरेन्सको ६% बोनस साधारणसभाबाट पारित « Eglish Khabarhub

आइएमई जनरल इन्स्योरेन्सको ६% बोनस साधारणसभाबाट पारित



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा अध्यक्ष हेम राज ढकालले नेपाली बीमा बजारमा छुट्टै पहिचान स्थपित गर्न गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकता दिएको बताए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्ने उनको भनाई छ । नेपाली बीमा बजार अझै फराकिलो बनाउने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धिमा लाग्न आवश्यक रहेको बताए ।

बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको उनको भनाई छ ।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य कम्पनीले लिएको उनको भनाई छ ।

सभाले आफना शेयरधनीहरुलाई चुक्ता पुँजीको ६ प्रतिशतले बोनस सेयर र त्यसको कर समेत प्रदान गर्ने निर्णय पारित गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ७७ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब २७ करोड बीमा शुल्क आर्जन गरेको र खुद नाफा १४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको २२ औं बार्षिक साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा साथै सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापा संचालक पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

Publish on: