अदालतको आदेश विपरीत पठाओ र टुटलको सेवा बन्द गर्न यातायात विभागको सूचना « Eglish Khabarhub

अदालतको आदेश विपरीत पठाओ र टुटलको सेवा बन्द गर्न यातायात विभागको सूचना



काठमाडौं । पठाओ र टुटलको सेवा बन्द गर्ने गरी यातायात विभागले सूचना प्रकाशित गरेको छ । उच्च अदालत पाटनले टुटल तथा पठाओको सेवा बन्द गर्न नहुने बरु कानून बनाएर नियमन गर्न आदेश दिएको थियो ।

तर विभागले बुधबार प्रकाशित गरेको सूचनामा भने कुनै पनि एक प्रयोजनका लागि दर्ता भएको सवारी अर्को प्रयोजनका लागि प्रयोग गर्न नपाइने उल्लेख गरेको छ ।

‘कुनै एक प्रयोजनको निम्ती दर्ता भएो सवारी अर्को प्रयोजनको निम्ती प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्थाको विपरीत हुन जाने हुँदा त्यसो गरेको पाइएमा ऐन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ,’ सूचनामा भनिएको छ ।

यसअघि ट्याक्सी चालकहरुले टुटल र पठाओ बन्द गर्नुपर्ने माग राख्दै आएका छन् । स्टार्ट अप भनिने टुटल र पठाओ जस्ता सेवा प्रयोग र सञ्चालनलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ ।

हाल टुटल र पठाओले रातो नम्बर प्लेट भएका मोटरसाइकलबाट यात्रु ओसार पसार गरिरहेका छन् । जुन सूचना भनिए बमोजिम जुन प्रयोजनका लागि दर्ता भएको हो सोही अनुसार देखिन्न ।

त्यस्तै, पठाओले कालो नम्बर प्लेट भएका ट्याक्सीमार्फत समेत सेवा दिँदै आएको छ ।

Publish on: