१ पुस २०८२, मंगलबार

नेपाल एयरलाइन्सको मलेसिया उडान स्थगित


काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालाम्पुरमा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न मलेसिया सरकारले सबै विदेशी नागरिकलाई आफ्नो मुलुकमा प्रवेशमा रोक लगाएकोले क्वालालम्पुरको नियमित उडान हाललाई १७ मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको निगमले जानकारी दिएको छ ।

सन् २०२० मार्च १७ तारिख र सो भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ । मे ३० सम्म यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गराइन्छ ।