लगानीकर्तालाई हतोत्साहित नभई लगानी गर्न बोर्डको आग्रह « Eglish Khabarhub

लगानीकर्तालाई हतोत्साहित नभई लगानी गर्न बोर्डको आग्रह



काठमाडौं । धितोपत्र बोर्डले सेयर लगानीकर्तालाई हतात्साहित नभई लगानीको निर्णय लिन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै बोर्डले यस्थो आग्रह गरेको हो ।

केही दिन यता धितोपत्रको दोस्रो बजारको कारोवार र बजारको अवस्था प्रति बोर्डकोे ध्यानाकर्षण भएको समेत जारी विज्ञप्तिमा उल्लेख छ । बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनु पर्ने जनाएको छ । नियमनकारी निकायको रुपमा बोर्डले सधै धितोपत्र बजारको अवस्थालाई सूक्ष्मरुपले अध्ययन समेत गरीरहेको उल्लेख छ ।

पछिल्लो समय धितोपत्र बजारलाई कोरोना भाइरससँग जोडेर बजार प्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भैइरहेको भन्दै नेपालमा हालसम्म कोरोना भाइरसको प्रकोप नदेखिएको र सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न पूर्व सावधानीका विभिन्न कदमहरु चालेको दाबी छ ।

बोर्डले धितोपत्रको प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्यहरु अगाडि बढाईरहेको, देशको समष्टिगत आर्थिक अवस्था तथा समग्रमा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था समेत सन्तोषजनक नै रहेको उल्लेख छ । यो सन्दर्भमा लगानीकर्ताहरु यस्तो सामान्य अवस्थामा हतोत्साहित भई हतार हतारमा धितोपत्र विक्री सम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको बोर्डको दाबी छ ।

धितो लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको हरेक पक्ष (आधारभूत तथा प्राविधिक) को जानकारी लिनुका साथै धितोपत्र बजारको अवस्था तथा बजार सुधारका काम कारबाहिहरुको अध्ययन गरेर हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन बोर्डले अनुरोध गरेको छ ।

Publish on: