काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउनुको साथै कारोबार रकममा पनि गिरावट आएको छ । बजार १६.२६ अंकले घटेर १२४४.८० बिन्दुमा रोकिएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८० अंकले घटेर २७१.७९ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको ३४ लाख ८३ हजार २२१ कित्ता सेयर १ अर्ब १८ करोड ४४ लाख १६ हजार ८७८ रुपैयाँकोे सेयर किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा टे«डिङ समूहको उपसूचक २४.३८ अंकले घट्दा बैंकिङ १५.८२, निर्जीबन बीमा ११२.७४, जीवन बीमा १३७.०६, माइक्रोफाइनान्स समूहको उपसूचक १८.२३ अंकले घटेको छ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय विकास बैंक, माउन्टेन हाईड्रो नेपाल, सबैको लघुवित्त वित्तीय संस्था, नेपाल इन्भेष्टमेन्ट बैंकका संस्थापक लगानीकर्ताले कमाएका छन भने कालिका पावर कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS