काठमाडौं । बुधबार नेपालमा कोरोना भाइरसको थप नयाँ संक्रमित भेटिएको पुष्टी भयो ।
यो पटक भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले खाडी देशबाट आएको नेपाली नागरिकमा कोरोना भाइरस पुष्टी भएको प्रमाणित गरेको थियो ।
तर, बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आफैले कोरोना भाइरसको बारेमा गलत जानकारी दिए ।
उनले संक्रमितको बारेमा गलत जानकारी दिए । ३२ वर्षका धादिङका व्यक्ति थिए । स्वास्थ्यमन्त्री ढकालले ति व्यक्ति कतारबाट आएको एयर अरेबिया हुँदै आएको बताए ।
जबकि मन्त्रीले पत्रकार सम्मेलन गर्नु अगाडि अस्पताल स्रोतले ति व्यक्ति युएईबाट आएको बताएको थियो । मन्त्रीले नै कतारबाट आएको भनेपछि सबैजसो संचारमाध्यमले सो अनुसारको समाचार दिए ।
तर,मन्त्रीले दिएको जानकारी गलत थियो । ति व्यक्ति युएईको सारजाहबाट एयर अरेबियाको जहाजबाट नेपाल आएका थिए ।
पत्रकार सम्मेलन सकिएपछि स्वास्थ्यय मन्त्रालयका प्रवक्ता मन्त्रीले बोल्दा गलत बोलेको भन्दै सच्चाइएको विज्ञप्ती जारी गरेको छ ।
SHARE YOUR THOUGHTS