काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई बीना ब्याज बीमा शुल्क संकलन गर्न निर्देशन दिएको छ ।
समितिको निर्देशनमा भनिएका छ ‘सङ्क्रमणको अवधि तत्काल एकिन गर्न ब्यवहारिक नभएकोले कोरोना सङ्क्रमणको कारण प्रभावित जीवन बीमा सम्बन्धी बीमाशुल्क सङ्कलन कार्य चैत्र मसान्त सम्म स्थगन गरी परिस्थिति सामान्य भएपछि बिना ब्याज सङ्कलन गर्ने ब्यवस्था मिलाउने’ भनिएको छ ।
समितिको निर्देशनमा बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध (विद्युतीय माध्यमबाट प्राप्त)को आधारमा बीमालेख नविकारण हुने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।
अभिकर्ता इजाजतपत्र नवीकरण गर्नको लागि बीमक मार्फत समितिको नबिल बैंकमा रहेको खाता न.०११००१३०११००१ मा चैत्र मसान्त भित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने समितिले जनाएको छ ।
सर्भेयर इजाजतपत्र नवीकरण गर्नको लागि समितिको नबिल बैंकमा रहेको खाता नं. ०११००१३०११००१ मा चैत्र मसान्त भित्र शुल्क जम्मा गरी बैंक भौचर पेश गरेमा जरिवाना नलाग्ने जनाएको छ ।
SHARE YOUR THOUGHTS