बैंकहरुले सीआरआर ३ प्रतिशत गर्दा हुने, बजारमा ३५ अर्ब रुपैयाँ थपिदाँ कर्जाको ब्याजदर घट्ने « Eglish Khabarhub

बैंकहरुले सीआरआर ३ प्रतिशत गर्दा हुने, बजारमा ३५ अर्ब रुपैयाँ थपिदाँ कर्जाको ब्याजदर घट्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले  अनिर्वाय नगद मौज्दात (सीआरआर)मा छुट लिएको छ । कोरोना भाइरसको कारण पर्न सक्ने असरलाई मध्य नजर गर्दै राष्ट्र बैंकले ६ प्रतिशतको सिआरआरको सीमालाई ३ प्रतिशतमा झारेको हो ।

केन्द्रिय बैंकले आइतबार निर्देशन जारी गर्दै इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कायम गर्नुपर्ने अनिर्वाय नगद मौज्दात कुल निक्षेपको ३ प्रतिशत मात्र कायम गर्नु पर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थीतिलाई ध्यानमा राख्दै राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ दिएको अधिकारको प्रयोग गरी सो निर्देशन जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । सिआरआरलाई ३ प्रतिशत कायम गर्दा बैंकिङ प्रणालीमा थप ३५ अर्ब रुपैयाँ तरलता हुने भट्टले क्लिकमाण्डूलाई बताए ।

‘सिआरआरमा दिइएको सहुलियतले बैंकहरुलाई ३ वटा फाइदा हुन्छ,’ उनले भने ‘बैंकिङ सिस्टममा ३५ अर्बको थप तरलता, बैंकको आधारदर घट्ने र कर्जाको ब्याजदर घट्छ ।’ सिआरआरमा दिइएको छुटको कारण बैंकका थप पैसा भएर आधारदर घटी कर्जाको ब्याजदर पनि घट्ने उनले बताए ।

माछापुच्छ्रे बैंकका कामू प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला राष्ट्र बैंकको सहुलियतले बजारमा तरलता बढ्ने बताए ।
‘बजारमा ३५ अर्बजति प्रवाह हुने देखिन्छ,यसले बजारमा तरलता व्यवस्थापन सहज हुने छ,’उनले क्लिकमाण्डूसँग भने ।

Publish on: