१ पुस २०८२, मंगलबार

कोरोनासँग लड्न प्राइम बैंकले सरकारलाई १ करोड ७५ लाख दियो, ७५ शाखाबाट सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्राइम बैंकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ७५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बिहीबार बैंकका सीइओ नारायणदास मानन्धरले सरकारलाई सो बराबरको चेक हस्तान्तरण गरे ।

अहिलेसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने बैंकहरुमध्ये प्राइम बैंक सबैभन्दा धेरै सहयोग गर्नेमा परेको छ । अरु बैंकले अधिकतम डेढ करोड रुपैयाँसम्म मात्रै सहयोग गरेका छन् ।

‘हाम्रो बैंकले १ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको छ,’ प्राइम बैंकका सञ्चालक गजेन्द्र विष्टले क्लिकमाण्डूसँग भने, ‘यस्तो संकटको अवस्थामा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ भनेर उक्त रकम सहयोग गरेको हो ।’

लक डाउनको अवस्थामा पनि बैंकले देशभर ७५ वटा शाखामार्फत् ग्राहकलाई सेवा दिइरहेको सञ्चालक विष्टले जानकारी दिए । देशभर बैंकका २ सय शाखा छन् ।

त्यसैगरी, बैंकले डिजिटल बैंकिंगलाई पनि प्रोत्साहन गरिरहेको छ ।