केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण « Eglish Khabarhub

केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री बितरण



काठमाडौं । केएल दुगड समुहले बाँके जिल्लाको कोहलपुर नगरपालिकामा खाद्यान्य सहयोग गरेको छ ।

समुहले नगरपालिकाको ७,१४ र १५ नम्बर वडामा ४ सय परिवारलाई लाई, चामल १० के।जि, चक्की आटा २ केजि, दाल १ केजि, चना १ केजी र धारा तोरी को तेल १ लि गरेर १५ किलोको फेमिली प्याक सहयोग गरेको हो ।

उक्त खाद्य समाग्री बितरण मा बितरण गरिएको वडाका वडा अध्यक्ष हरु को पनि उपस्थिती रहेको थियो । कोरोना महामारी ले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वय मा खाद्य समाग्री बितरण गरिएको कुरा केएल दुगड समुहका प्रदिप छाजेडले बताए ।

समुह ले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्ग हरु लाई सधै सहयोग गर्दै आइरहेको र भबिष्मा पनि गरिरहने कुरा ब्यक्त गरे ।

Publish on: