काठमाडौं । होटल व्यवसायीहरुले कोरोना भाइरसले होटल क्षेत्रमा सबैभन्दा बढी असर पार्द कर्मचारी र श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् ।
होटल उद्योगमा आश्रित श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक व्यवस्थापनलाई मुठिभरका होटल प्रतिष्ठानहरुले मात्र सम्बोधन गर्न नसक्ने हुँदा ती श्रमिक तथा कर्मचारीको जिम्मा सरकारले पनि लिनुपर्ने एक होटल व्यवसायीको जिकिर छ ।
यदि यसो हुन नसकेमा यस विषम परिस्थितिबाट होटल उद्योग नै धरासायी हुँदै बन्द भई रोजगारीमा समेत प्रतिकुल असर परी रोजगारी गुम्न जाने हँुदा यसतर्फ सरकारको ध्यान नगएको उनीहरुको भनाइ छ ।
विश्वमै फैलिरहेको कोरोना भाइरसका कारण मुलुकले भोग्नु परेको आर्थिक संकट तथा यसबाट नेपालको पर्यटन क्षेत्र विशेष गरी खर्बौ लगानी रहेको होटल उद्योग बन्द भई धरासायी हुने निश्चित प्रायः रहेको एक होटल व्यवसायीले भने ।
अहिलेको जटिल र भयावह अवस्थामा राज्यबाट उपलब्ध गराइने भनिएका राहत तथा सेवा सुविधा पनि पर्यटन¬¬मैत्री हुन नसकेकोमा ती व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रकै मेरुदण्डको रुपमा रही अरबौंको राजस्व तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र जीडीपीमा समेत कम्तीमा पनि ८ प्रतिशतको योगदान गरी मुलुककै अन्य उद्योगको तुलनामा बढीभन्दा बढी करिब ११ लाखलाई रोजगारी प्रदान गरेको होटल व्यवसायीहरुको भनाइ छ ।
यस कठिन परिस्थितिबाट होटल उद्योगलाई संरक्षण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनु राज्यको पनि दायित्व रहेको व्यवसायीले बताएका छन् ।


प्रतिक्रिया