१ पुस २०८२, मंगलबार

कोरोना कोराथामका लागि एनआइसी एशियाले १ करोड ५ लाख सहयोग, कर्मचारीका तर्फबाट ३५ लाख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकले सातवटै प्रदेशलाई प्रतिप्रदेश १५ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकले विश्व महामारी कोरोनाभाइरस नियन्त्रण, रोकथाम तथा उपचार कोषमा उक्त रकम प्रदान गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो। सहयोग रकममध्ये बैंकको तर्फबाट प्रत्येक प्रदेशबाट १० लाख र कर्मचारीको तर्फबाट प्रत्येक प्रदेशबाट ५  लाख गरी ३५ लाख दिइएको बैंकले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले पूर्ण रूपमा आवतजावतमा प्रतिबन्ध लगाउँदै लकडाउन घोषणा गरेको वर्तमान अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत क्षेत्रहरू प्रभावित भैरहेको यस असहज परिस्थितिमा बैंकले उक्त रकम कोरोना विरूद्ध लड्नका लागि प्रदान गरेको हो ।

कोरोना नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ। सोहीकारण उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटनलगायत क्षेत्रमा प्रभाव परेको छ। यसैबीच, बैंकले यो समयमा विभिन्न क्षेत्रमा दैनिक ज्यालादारी गर्नेहरुलाई प्रादेशिक तथा स्थानीय सरकारसँगको सहकार्यमा ४५ लाख ६८ हजार बराबरको खाद्य सामग्री समेत सहयोग गरेको जनाएको छ।

२१ लाख बढी ग्राहक भएको बैंकको देशैभर ३१९ शाखा, ४ सय ६१ एटीएम, १ सय ८ वटा एक्स्टेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन्।

बैंकले गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।