काठमाडौं । अमेरिकाले सन् २०२१ का डाइभर्सिटी भिसाको नतिजा एक महिना पर सारेको छ । सन् २०२० को मे ५ मा नतिजा प्रकाशित हुने तय भए पनि कोरोना भाइरसका कारण एक महिनापछि आगामी जुन ६ तारिखमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यसअघि अमेरिकाले ग्रिनकार्डको नयाँ आवेदन २ महिनाका लागि स्थगित गरिसकेको छ । भने विभिन्न देशबाट भिसा जारी गर्ने काम पनि बन्द भएका छन् ।
SHARE YOUR THOUGHTS