३० मंसिर २०८२, सोमबार

बैंकिङ प्रणालीमा एकैपटक ५० अर्ब लगानी गर्न मिल्ने रकम थपियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंकिङ क्षेत्रको कर्जा प्रवाह गर्ने क्षमता बढेको छ । राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई परिपत्र जारी गर्दै ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी थप गर्ने नीतिगत व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले अबदेखि बैंकहरुले एक बर्ष भुक्तानी अबधि रहेका २ वा सो भन्दा बढी अवधिका मुद्दति निक्षेपलाई शतप्रतिशत लगानी गर्न पाउने सुविधा दिएको छ । त्यसैगरी, बैंकहरुमा मुद्दति निक्षेपमा रहेको विदेशी मुद्रालाई पनि स्रोत परिचालन (सीसीडी) मा गणना गर्न मिल्ने व्यवस्था गरेको छ ।

हाल बैंकिङ क्षेत्रको कर्जा योग्य पुँजी १ खर्ब रुपैयाँ छ । आज गरिएको नयाँ व्यवस्थाले थप ५० अर्ब रुपैयाँ लगानी योग्य पुँजी थपिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘समय पुगेका मुद्दति निक्षेपको शतप्रतिशत लगानी गर्दा बैंकहरुको कर्जा योग्य पुँजी ५० अर्ब रुपैयाँ हुन्छ,’ भट्टले क्लिकमण्डूसँग भने।

यसअघि चैत १६ गते राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर एकैदिन ३४ अर्ब रुपैयाँ लगानी योग्य पुँजी थपेको थियो ।