२९ मंसिर २०८२, आइतबार

बजेट बनाउन राष्ट्र बैंकबाट अर्थमन्त्रालय तानिए रामशरण खरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेललाई काजमा झिकाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका छोरीज्वाईँ समेत रहेका खरेललाई आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि काजमा मन्त्रालय बोलाइएको हो ।

हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्

खरेल अर्थमन्त्रीको निजी सचिवालय चालू आर्थिक वर्षको बजेट लेखनमा पनि सहभागी थिए । गत साउनदेखि उनी काज सकेर राष्ट्र बैंक फर्किएका थिए ।

मन्त्रालयले बजेट निर्माण समितिमा राष्ट्र बैंकका एक जना निर्देशक पठाउने चिठ्ठी पठाएको थियो । अर्थले चिठी पठाएपछि सोहीअनुसार खरेललाई अर्थ मन्त्रालय खटाएको राष्ट्र बैंकका मानव संसाधन व्यवस्थापन विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले बताए ।

योद्धा अर्थमन्त्रीलाई खुल्लापत्र

‘मन्त्रालयबाट एकजना निर्देशक बजेट समितिको सदस्यमा पठाउनु भनेर बैशाख ९ गत चिठी आएको थियो,’ भण्डारीले क्लिकमाण्डूसँग भने ‘त्यसपछि अनुसान्धान विभागमा कार्यरत खरेलजीलाई बैशाख ११ गतेबाट खटाइएको हो ।’

बजेट निमार्ण राष्ट्र बैंकबाट अनुसन्धान विभागकै निर्देशक खटाउने हुँदा खरेलसँग बजेट सम्बन्धी धेरै ज्ञान भएको कारण उनैलाई मन्त्रालय पठाइएको भण्डारीले जानकारी दिए ।

राष्ट्र बैंकको अनुसन्धान विभागमा हाल ५ जना निर्देशकहरु कार्यारत छन् । अर्थ मन्त्रालयले राष्ट्र बैंकबाट बजेट निमार्ण समितिमा एक निर्देशक समितिमा सदस्य खटाउन भनेपछि उनलाई मन्त्रालय पठाइएको हो । अर्थमन्त्री खतिवडामाथि ज्वाईं मोहको ठूलो आरोप लाग्दै आएको छ ।

अहिले अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणम व्यस्त छ । ०७७ जेठ १५ गते अर्थमन्त्रीले संसदमा आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्नेछन् ।

मन्त्रालय स्रोतका अनुसार आगामी बजेटमा नयाँ आयोजनाहरु खासै हुने छैनन् । कोरोनाले पारेको प्रभावलाई कम गर्न र रोजगारी सिर्जना गर्नतर्फ बजेट केन्द्रित हुनेछ ।