२९ मंसिर २०८२, आइतबार

कोरोना प्रभावित क्षेत्रलाई असारपछि पनि सावाँब्याज तिर्ने समय थप गर्छौंः अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस प्रभावित क्षेत्रलाई असार मसान्तपछि पनि तोकिएको सहुलियत तथा छुटको व्यवस्था गर्ने जनाएका छन् । उनले पर्यटन क्षेत्रका संकटमा परेका व्यापार व्यवसायीहरुलाई अवस्था हेरेर बैंक तथा वित्तीय संस्थाले असार पछि पनि सावाँब्याज भुक्तानी गर्ने समय थपिने बताए ।

यसअघि नै सरकारले बैंक वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गर्नेहरुलाई ब्याज तिर्न नै कठिन भयो भनेर साँवा ब्याज तिर्ने अवधि असार मसान्तसम्मका लागि सारिसकेको छ ।

सोमबार अर्थ समितिले कोरोनाको प्रभाव र बजेट निर्माण सम्बन्धी बैठकमा उनले क्षेत्रगत प्रवाभको आधारमा बैंकलाई थप सहुलियत दिने जानकारी दिए ।

‘असारपछि पनि पर्यटन क्षेत्रसँग सम्बन्धीत व्यवसायहरु तंग्रिने स्थिति रहँदैन,’ मन्त्री खतिवडाले भने ‘राष्ट्र बैंकले आवश्यकता हेरेर असार मसान्तपछि पनि सहुलियत तथा छुटको व्यवस्था मिलाउनु पर्छ ।’

बैंकले कतिपय ब्याजलाई पुँजीकरण गर्ने, आवश्यकता र औचित्यको आधारमा ऋण तिर्ने अवधिलाई पर सार्नु पर्ने उनको भनाइ छ ।

‘ऋण तिर्ने अवधिलाई पर सार्दा कर्जाको पुनरतालिकिकरण तथा पुनरसंरचनाको आवस्यक व्यवस्था गर्ने काम राष्ट्र बैंकले गर्नु पर्छ,’ उनले भने ‘यसरी वर्गिकरण गरिएपछि निष्कृय भनेर त्यसमा लगानी गर्नु पर्ने कुराहरु राख्नु नपर्ने व्यवस्था गर्नुपर्छ ।’

राष्ट्र बैंकको सुझाव अनुसार ब्याजदरमा २ प्रतिशत छुट र पुनरकर्जाको दायरा १ खर्ब पुर्याइएकोे उनले जानकारी दिए ।