अर्थतन्त्र उकास्नको लागि पैसा नै बाड्नुपर्ने नोबेल पुरस्कार विजेता बनर्जीको सुझाव « Eglish Khabarhub

अर्थतन्त्र उकास्नको लागि पैसा नै बाड्नुपर्ने नोबेल पुरस्कार विजेता बनर्जीको सुझाव



नयाँ दिल्ली नोबेल पुरस्कार विजेता तथा प्रख्यात अर्थशास्त्री अभिजित बनर्जीले कोरोनाबाट संकटग्रस्त भएको अर्थतन्त्रलाई उकास्नको लागि जनताको हातमा पैसा नै पुर्याउनुपर्ने धारणा राखेका छन् ।

अभिजीत बनर्जीले भिडियो कन्फ्रेन्सको माध्यमबाट कांग्रेस आइका पूर्व अध्यक्ष राहुल गान्धीसँग कुराकानी गर्दै अमेरिका र अरु केही देशहरुले जस्तै भारत सरकारले पनि ठूलो प्रोत्साहन प्याकेज दिनु पर्ने र त्यो पैसा जनताको हातमामा जानुपर्ने पर्ने बताए । यसले बजारमा माग बढाउने धारणा बनर्जीको थियो ।

राहुल गान्धीले मानिसहरूलाई ‘न्याय’ योजनाको तर्फबाट पैसा दिन सकिन्छ कि भनेर प्रश्न सोधेका थिए , यसको जवाफमा उनले भने अवश्य । उनले निम्न वर्गका जनसंख्याको ६० प्रतिशत हातमा पैसा दिएमा पनि खराबी नहुँने बताए ।

‘यो एक किसिमको प्रोत्साहन हुनेछ, जोसँग राशन कार्ड छैन उनीहरूलाई कम्तिमा तीन महिनाको लागि अस्थायी रासन कार्ड जारी गरिनु पर्छ, जसले गर्दा खाद्यान्य पाउन सकून्।’

गत वर्ष भएको लोकसभाको निर्वाचनमा तत्कालीन कांग्रेस अध्यक्ष राहुल गान्धीले न्याय योजना अन्तर्गत गरिब परिवारलाई वर्षमा ७२ हजार दिने प्रतिबद्धता जनाएका थिए । तर,जनताले उनको प्रस्ताव अस्विकार गरेर बिजेपीलाई विजयी बनाइदिए ।

गान्धीको प्रश्नको उत्तर दिदै बनर्जीले राज्य सरकारहरू र गैरसरकारी संस्थाहरूको मद्दत गरिबहरूलाई पैसा प्रदान गर्न सकिने उपाय सुझाव दिए ।

कोरोनाको कारण अर्थतन्त्रमा समस्या भएपछि राहुल गान्धीले अहिले अर्थविद्हरुसँग छलफल गरेका छन् । राहुल गान्धीले केही दिन अगाडि आरबीआईका पूर्व गभर्नर रघुराम राजनसँग त्यस्तै कुराकानी गरेका थिए। यस संवादमा राजनले कोरोना भाइरसको फैलावट रोक्नका लागि लागू गरिएको लकडाउनलाई खुकुलो बनाएर आर्थिक गतिविधिलाई बढाउनुपर्ने र गरिबलाई सिधै पैसा दिनुपर्ने बताएका थिए । ऐजेन्सी

Publish on: