यी क्षेत्र सञ्चालन गर्न नपाइने सरकारको निर्णय « Eglish Khabarhub

यी क्षेत्र सञ्चालन गर्न नपाइने सरकारको निर्णय



काठमाडौं । सरकारले लकडाउनको अवधिमा केही क्षेत्र सञ्चालन तथा सूचारु गर्ने अनुमति दिए पनि निश्चित क्षेत्रमा भने सञ्चालन गर्न रोक लगाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले निम्न क्षेत्रहरू सञ्चालन गर्न नपाउने निर्णय गरेको हो ।

१) विश्वविद्यालय, क्याम्पस लगायत सबै शैक्षिक संस्था
२) तालिमा तथा प्रशिक्षण केन्द्रहरु
३) गैर खाद्य वस्तु बिक्री गर्ने मल तथा स्टोरहरु
४) सिनेमा हल
५) पार्टी प्यालेस
६) धार्मिक स्थलहरु
७) सास्कृतिक कार्यक्रम हुने स्थलहरु
८) रंगशाला
९) जिम खाना
१०) ब्यूटी पार्लर
११) सैलुन
१२) होटल, बार र रेष्टुराँ

Publish on: