काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले नेपाललाई २१ करोड ४० लाख अमेरिकी डलर(करिब २६ अर्ब) नेपाली रुपैयाँ ऋण दिने भएको छ ।
आईएमएफले शुन्य प्रतिशत ब्याजदरमा र्यापिड क्रेडिट फ्यासिलिटी(आरसीएफ) अन्तर्गत सो सुविधा दिने भएको हो ।
नेपालले आईएमएफबाट यस्तो सुविधा लिनको लागि अनुरोध गरेको थियो । आईएमएफको बुधबार बसेको बोर्ड बैठकले २१ करोड ४० लाख अमेरिकी डलरको ऋण सुविधा स्वीकृत गर्ने निर्णय गरेको हो ।
आईमएफले जोखिममा परेको अर्थतन्त्रलाई उकास्नको लागि बजेटरी सुविधा पाउने गरेर आरसीएफ सुविधा दिएको हो । आइएमएफबाट बजेटरी सहयोगका लागि सामान्य अवस्थामा ऋण दिने गर्दैन । भूकम्प गएको बेलामा पनि आईएमएफले बजेटरी सुविधा अन्गर्तत ऋण दिएको थियो ।
कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्र उकास्न तथा भुक्तानी सन्तुलन कायम गर्नको लागि ऋण सुविधा उपलब्ध गराइएको आईएमएफले जनाएको छ ।
आरसीएफ अन्तर्गत आईएमफले आफ्ना सदस्य देशहरुलाई कोटा अनुसार सुविधा उपलब्ध गराउने गर्छ । यसमा ऋण लिएको सुरुको ५ वर्ष किस्ता तिर्नु पर्दैन । अन्तिम ५ वर्षमा किस्ता तिर्दा हुन्छ । यो ऋण सुविधामा आईएमएफलाई ब्याज पनि तिर्नु पर्दैन ।
SHARE YOUR THOUGHTS