जेठ १ गते राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र ल्याउँदै « Eglish Khabarhub

जेठ १ गते राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र ल्याउँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ ।

आन्तरिक ऋण उठाउने योजनाले बैंकले जेठ १ गतेदेखि २१ गतेसम्म नागरिक बचतपत्र बिक्री गर्ने भएको हो । जसको निष्काशन भने जेठ २५ गते गरिने राष्ट्र बैंकद्वारा सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

नागरिक बचत पत्र २०८२ अन्तर्गतको ४ अर्ब रुपैयाँको ब्याज ९ प्रतिशत तोकिएको छ भने ब्याज भुक्तानी ६/६ महिनामा हुनेछ ।
जसमा न्यूनतम १० हजार रुपैयाँसम्म लगानी गर्न पाइने छ भने धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सकिनेछ ।

नागरिक बचतपत्रमा राष्ट्र बैंकका कार्यालय तथा बजार निर्माताको लाइसेन्स लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने छन् ।

Publish on: