काठमाडौं । एभरेष्टको नाफाले ६.२९ प्रतिशतले नाफामा वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्ममाको नाफामा १३ करोड ९४ लाख रुपैयाँले बढाएर २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आवको चैत मसान्तसम्म २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । समीक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब २ करोड २९ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जसबाट बैंकले ४ अर्ब ३४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४ करोड रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म बैंकले ४ अर्ब १० करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
साथै, सो अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । बैंकको वितरण योग्य नाफा भने ९४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
SHARE YOUR THOUGHTS