कपिलवस्तुमा फेरि ६, रुपन्देहीमा ६ र बर्दियामा १ जना भेटिए, सोमबार मात्रै २४ जना संक्रमित « Eglish Khabarhub

कपिलवस्तुमा फेरि ६, रुपन्देहीमा ६ र बर्दियामा १ जना भेटिए, सोमबार मात्रै २४ जना संक्रमित



काठमाडौं । सोमबार मात्रै कपिलवस्तुमा थप ६ जनामा कोरोना देखिएको छ ।

सोमबार बिहान १० जनामा कोरोना पुष्टि भएकोमा सोमबार साँझ थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । यो संख्यासँगै सोमबार मात्रै कपिलवस्तुमा १६ जनामा कोरोना देखिएको छ । यसअघि ५ जनामा कोरोना देखिएको थियो ।

कपिलवस्तुमा कुल संक्रमितको संख्या २१ पुगेको छ ।

त्यसैगरी रुपन्देहीमा ६ जना र बर्दियामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबारै सप्तरीका एक १८ वर्षे युवामा पनि कोरोना पुष्टि भएको थियो । यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । जसमध्ये ३३ जना उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Publish on: