काठमाडौं । कोरोना भाइरसका कारण बैंकिङ क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुको वितरण योग्य नाफा ६० प्रतिशतले घटेको छ ।
कोरोना भाइरसको प्रभाव न्यूनिकरण गर्न सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन र राष्ट्र बैंकले सावाँब्याज भुक्तानीमा दिएको छुटको असर बैंकहरुको वितरणयोग्य नाफामा देखिएको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३० अर्ब २६ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएका बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ६४ लाख रुपैयाँमा सीमित भएको छ ।
०७५ चैत मसान्तको तुलनामा ०७६ चैत मसान्तमा बैंकहरुको वितरणयोग्य नाफा १८ अर्ब २५ करोड ९१ लाख रुपैयाँ कम हो ।
सबै बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय वितरण सार्वजनि गरिसकेका छन् । जसअनुसार ६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ । वितरणयोग्य नाफा ऋणात्मक भएका यी बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न सक्दैनन् ।
नाफामा ठूलो असर पर्न नदिन बैंकको चलाखी: १३ बैंकको स्प्रेड दर ५% माथि, कस्को कति ?
चैत मसान्तमा नेपाल बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक, सनराइज बैंक, सिभिल बैंक र लक्ष्मी बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । जसमा नेपाल बैंकको ६ करोड १९ लाख, बैंक अफ काठमाण्डूको ९ करोड ८ लाख, सिद्धार्थ बैंकको १५ करोड ३२ लाख, सनराइज बैंकको १७ करोड ५५ लाख, सिभिल बैंकको १९ करोड ७ लाख र लक्ष्मी बैंकको ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
बैंकहरुले सार्वजनिक गरेको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको मात्र वितरण योग्य २० करोड ६८ लाख रुपैयाँले बढेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब १० करोड ६६ लाख रुपैयाँ वितरणयोग्य नाफामा १९ प्रतिशतले वृद्धि गरी बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ वितरण योग्य नाफा कमाएको हो ।
समीक्षा अवधिमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा २ अर्ब २५ करोड रुपैयाँले घटेको छ भने सबैभन्दा थोरै कृषि विकास बैंकको ७ करोड ९ लाख रुपैयाँले घटेको छ ।
कुन बैंकको कति ? (रु. हजारमा)
SHARE YOUR THOUGHTS