धितोपत्र बोर्डले रद्द गर्यो १५३ संस्थाको सवारी पास « Eglish Khabarhub

धितोपत्र बोर्डले रद्द गर्यो १५३ संस्थाको सवारी पास



काठमाडौं । नेपाल धितोपत्र बोर्डले यसअघि दिएको सबैखाले पास रद्द भएको जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै बोर्डले जेठ १ को निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको भन्दै नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, तथा धितोपत्र व्यवसायी लगायत १५३ वटा संस्थालाई दिएको पास रद्द गरेको जनाएको छ ।

बोर्डले वैशाख ३१ गते सम्म जारी गरिएको सम्पूर्ण सवारी पास रद्द गरेको र मन्त्री परिषदको वैशाख २४ गतेको निर्णय अनुसार बोर्डबाट जेठ १ देखि जारी गरिएको सवारी पास मात्र मान्य हुने व्यवस्था गर्न समेत आग्रह गरेको छ ।

 

Publish on: