आज नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्र र अर्थतन्त्र उकास्ने नीति पहिलो प्राथमिकता « Eglish Khabarhub

आज नीति तथा कार्यक्रम: स्वास्थ्य क्षेत्र र अर्थतन्त्र उकास्ने नीति पहिलो प्राथमिकता



काठमाडौं । संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले आज आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पेश गर्ने भएकी छन् । आगामी आर्थिक वर्षको बजेट यही नीति तथा कार्यक्रम अन्तर्गत रहेर आउने गर्छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको सयुक्त बैठकमा ४ बजे राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम पेश गर्ने छिन् । सरकारले नीति तथा कार्यक्रममा कोरोना भाइरसको कारण प्रभाव भएको अर्थतन्त्रलाई उकास्ने गरेर ल्याउने तयारी गरेको छ ।

कोरोनाको कारण अर्थतन्त्र समस्यामा परेको तथा लकडाउन भएपनि नीति तथा कार्यक्रममा राष्ट्रपतिको सवारी पुरानै तरिकाबाट हुने भएको छ । संसद् सचिवालयले बिहीबार यसको तयारी समेत गरेको थियो ।

Publish on: