वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी सरकारले नै उपलब्ध गराउने « Eglish Khabarhub

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सुरुवाती पुँजी सरकारले नै उपलब्ध गराउने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने बताइन् ।

पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोरोना भाइरसका कारण आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको उनले जानकारी दिइन् ।

दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घुम्ती तालिम केन्द्रहरु सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको पनि राष्ट्रपतिले जानकारी दिइन् ।

साथै वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई कृषिमा आकर्षित गर्ने सरकारको नीति भएको उनले जानकारी दिइन् । कृषि पेशामा लाग्नेलाई उल्लेख्य अनुदान बढाउने उनले घोषणा गरिन् ।

Publish on: